राप्रपा महाधिवेशन : दुई हजार मत खस्यो

काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ।

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ।

पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो। यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ।

प्रकाशित मिति: : 2021-12-04 16:15:00

प्रतिकृया दिनुहोस्