लफ्याङमा जसपाको ‘सुज’ अभियान

जनता समाजवादी खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सुज (संगठन सुदृढीकरण तथा जनजागरण) अभियान सञ्चालन गरेको छ।

संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीति अनुसार जनता समाजवादीले शनिबार लफ्याङमा ‘सुज’ अभियान अन्तरगत नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो। 

पार्टीका केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट लक्षुमन राईको अध्यक्षतामा ३६ सदस्यीय समाजवादी युवा संगठन गठन गरिएको जनता समाजवादी खोटाङका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन खम्बूले जानकारी दिए।

कार्यक्रममा प्रदेश समिति सदस्य मोहन गुरुङ, नविन राई, दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष निर्मल राई, जिल्ला सदस्य धनीराम नछुङ, नगर सदस्य सौराज राई, समाजवादी विद्यार्थी संगठनका सह–सचिव कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो। 

मातहतका समिति गठन/पुर्नगठन, सदस्यता विस्तार, नवीकरण, प्रशिक्षण सञ्चालन, भेला तथा सभा, जनजागरण लगायतका कार्यक्रम सञ्चालनका लागि जसपाले गत असोजदेखि ‘सुज’ अभियान थालेको हो। ‘सुज’ अभियान मंसिर मसान्तसम्म जारी रहने जनता समाजवादी पार्टीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-12-04 21:42:00

प्रतिकृया दिनुहोस्