कांग्रेस महाधिवेशन : सभापतिमा देउवाको दाबी 

File photo
File photo

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो दाबी सभापतिमा रहने बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान  ‘गुट’ का पत्रकारहरूसँग कुराकानी गर्दे उनले दोस्रो कार्यकालका लागि आफू सभापति हुने बताएका हुन्।

‘मेरो पहिलो कार्यकालमा सबैलाई मिलाएर लैजान प्रयास गरेको हुँ। त्यो प्रयासलाई सफल बनाउन फेरि एकपटक सभापति बन्छु’ उनले भने। 

उक्त कार्यक्रम बोल्दै उनले महाधिवेशनमा सहयोग गर्न पत्रकारहरुसँग आग्रह गरेका थिए। 

 

प्रकाशित मिति: : 2021-12-06 12:37:00

प्रतिकृया दिनुहोस्