प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते 

Symbolic photo
Symbolic photo

प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

मृत्यु हुनेमा अटोमा सवार प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षिया अमृत थापा उनकै ४ वर्षीया छोरा सुसान्त थापा रहेको र घाइते हुनेहरुमा प्युठान नगरपालिका–३ बस्ने ८ वर्षकी दुर्गा थापा, ३० वर्षिया पुनम थापा र १६ वर्षिया विपना थापा र १० बर्षिया शुष्मा थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा.१ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका–५ स्थित चकचके, चेरनेटा सडकखण्डमा ठक्कर दिएको हो। उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार अटो अनियन्त्रीत भई पल्टिदा विपरित दिशाबाट आउँदै गरेको टिपरले किचेर दुई जनाको मृत्यु भएको हो। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: : 2021-12-06 14:03:00

प्रतिकृया दिनुहोस्