चर्च ब्वाइजलाई एनी एपोर्टस्को साथ

बिएल संवाददाता

 उर्लाबारी

माघ सी डिभिजन राष्ट्रिय लिगको च्याम्पियन बन्दै वी डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई एनी स्पोर्टस् क्लोथिङले साथ दिएको छ।

एनी स्पोर्टस्ले चर्च ब्वाइजलाई एक वर्षका लागि जर्सीलगायतका सम्पूर्ण स्पोर्टस् किट प्रदान गर्ने भएको छ। शुक्रबार क्लबका अध्यक्ष रुवेन राई र एनी स्पोर्टस्का सञ्चालक सन्तोष थोप्रा लिम्बूबीच सम्झौता भएको छ। सम्झौता अनुसार चर्च ब्वाइज क्लबलाई एक वर्षका लागि एनीले सम्पूर्ण स्पोर्टस् किट प्रयोजन गर्ने उल्लेख छ। वार्षिक सहयोग गर्दा प्रायोजकको पाँच लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

झापाको शिवसताक्षी–९, दुधेमा रहेको एनी स्पोर्टस्ले यसअघि विभिन्न प्रतियोगितामा सहयोग गर्दै आएको थियो। जर्सीको नेपाली उत्पादनलगायतका अन्य सामग्री उत्पादन गर्दै आएको बताउँदै सञ्चालक थोप्राले चर्च ब्वाइजलाई सफलताको शुभकामना दिए। वी डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबले मोरङको उर्लाबारीमा बन्द प्रशिक्षण गरिरहेको छ।

प्रकाशित मिति: : 2022-01-21 16:26:00

प्रतिकृया दिनुहोस्