प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको टिप्पणी: रस र भावना नभएको गुनगुन !

file photo
file photo

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन्।

प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए।

त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन्।

‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ। न कुनै भावना- न कुनै भविश्य छ। केवल गुनगुन मात्र छ। यसले मुलुकलाई कही पुर्‍याउँदैन,’ उनले भनेकी छन्।

प्रकाशित मिति: : 2022-01-22 15:38:00

प्रतिकृया दिनुहोस्