वर्षमान पुन सोमबार स्वदेश फर्किँदै, अब माओवादी पदाधिकारीको टुंगो लाग्ने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किने भएका छन्।

थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन्।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन्।

पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।

पुन महासचिवका प्रबल दाबेदार हुन्। उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को तयारी छ।

प्रकाशित मिति: : 2022-01-22 15:50:00

प्रतिकृया दिनुहोस्