हारबाट जोगियो सिटी

इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले साउथह्याम्पनसँग बराबरी खेल्दै अङ्क बाँडेको छ। शनिबार राति साउथह्याम्पटनको घरमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलमा घरेलु टिमले सुरुआती अग्रता बनाएको थियो। सातौँ मिनेटमा केले वाकर–पिटर्सले गोल गर्दै पहिलो हाफभरि साउथह्याम्पटनलाई अग्रता दिलाए। ६५औँ मिनेटमा एमरिक लापोर्टेले गोल गर्दैै सिटीलाई सम्भावित हारबाट जोगाए। 

बराबरीसँगै शीर्ष स्थानको सिटीले २३ खेलमा ५७ अङ्क जोडेको छ। ऊ दोस्रो स्थानको लिभरपुलभन्दा १२ अङ्कले अगाडि छ। २१ खेल खेलेको लिभरपुलसँग ४५ अङ्क छ। 

प्रकाशित मिति: : 2022-01-23 07:38:00

प्रतिकृया दिनुहोस्