सङ्घर्षपूर्ण जित निकाल्दै युनाइटेड शीर्ष चारमा

म्यानचेस्टर युनाइेड इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ। शनिबार राति वेस्ट ह्याममाथि १–० गोलको सङ्घर्षपूर्ण जित निकाल्दै युनाइटेड चौथो स्थानमा उक्लिएको हो। 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन मार्कुस रास्फोर्डले निर्णायक गोल गरे। निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको अन्तिम मिनेटमा उनले गरेको नै युनाइटेडको जितमा निर्णायक बन्यो। 

जितसँगै चौथो स्थानमा उक्लिएको युनाइटेडले २२ खेलमा ३८ अङ्क जोड्यो। पराजित वेस्ट ह्याम भने ३७ अङ्कका पाँचौँ स्थानमा छ। 
 

प्रकाशित मिति: : 2022-01-23 07:42:00

प्रतिकृया दिनुहोस्