उपाधि होड बलियो बनाउँदै इन्टर

इटालियन सिरी ‘ए’मा साविक विजेता इन्टर मिलानले भेनेजियामाथि २–१ गोलको जित दर्ता गरेको छ। शनिबार राति घरेलु मैदानमा इन्टरले भेनेजियालाई हराउँदा निकोलो बरेला र इडिन जेकोले एक–एक गोल गरे। भेनेजियाका थोमस हेनरीले एक गोल गरे। 

सान सिरोमा भेनेजियाले सुरुआती अग्रता बनाएको थियो। खेलको १९औँ मिनेटमा हेनरीले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाए। 

४०औँ मिनेटमा बरेलाले गोल गरेपछि इन्टर खेलमा फर्कियो। निर्धारित समयमा अन्तिममा जेकोले गोल गरेपछि इन्टर २–० गोलले विजयी भएको हो। 

जितसँगै इन्टरले उपाधि होड बलियो बनाएको छ। शीर्ष स्थानमा रहेको उसले २२ खेलमा ५३ अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको एसी मिलानसँग ४८ अङ्क छ। पराजित भेनेजिया भने १८ अङ्कसहित १७औँ स्थानमा छ। 
 

प्रकाशित मिति: : 2022-01-23 07:45:00

प्रतिकृया दिनुहोस्