शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे

आईसीसी यु–१९ विश्व कप-२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन्। उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन्।

राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो। युगान्डाविरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबंशीले एक सय ४४ रन बनाएका थिए। दुई खेलाडीले तेस्रो विकेटको लागि दुई सय ६ रन बनाएका थिए।

दुई खेलाडीको शतकसँगै भारतले समूह ‘बी’मा ५ विकेट गुमाउँदै युगान्डाविरुद्ध चार सय पाँच रनको विशाल योगफल तयार पारेको थियो। एक खेलअघि नै क्वाटरफाइनल प्रवेश गरेको भारतीय टोलीका लागि एक सय २० बलमा २२ चौका र चार छक्काका साथ अंगकृसले एक सय ४४ रन बनाए।

राज बाबाले एक सय ६२ रन बनाउने क्रममा एक सय आठ बल खेल्दै १४ चौका र आठ छक्का प्रहार गरे। राज बाबा यु-१० विश्वकपको इतिहासमा भारतबाट एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याटर बने।

यसैको साथ शेखर धवनले सन् २००४ मा स्कटल्याण्डविरुद्ध ढाकामा बनाएको एक सय ५५ रनको कीर्तिमान भंग भएको हो। 

प्रकाशित मिति: : 2022-01-23 14:37:00

प्रतिकृया दिनुहोस्