हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे राप्रपाले उपयुक्त समयमा निर्वाचन आयोगलाई जवाफ दिने

File Photo
File Photo

राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने भएको छ। आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

राप्रपा पदाधिकारी बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने भएको छ।

राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्रबारे पार्टीमा आन्तरिक छलफल गरी उपयुक्त समयमा जवाफ दिने बताएका थिए।

निर्वाचन आयोगले नेपालको संविधानअनुसार राप्रपाको विधान बाझिएकाले विधानबाट हिन्दु राष्ट्र, राजसंस्था, चुनाव चिन्ह गाई हटाउन पत्राचार गरेको थियो।

राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए।

प्रकाशित मिति: : 2022-01-23 15:28:00

प्रतिकृया दिनुहोस्