कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै पुरुषको मृत्यु

Symbolic photo
Symbolic photo

कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो।

उनकोमृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन। उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए।

प्रकाशित मिति: : 2022-01-23 15:39:00

प्रतिकृया दिनुहोस्