जनक शिक्षा सामाग्रीका प्रमुख झालाई अखिल (क्रान्तिकारी)ले दल्याे कालाेमाेसाे

जनक शिक्षा सामाग्रीका प्रमुख अनिल झालालाई नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल (क्रान्तिकारी)ले कालाेमाेसाे दलेकाे छ। समयमै पाठ्यपुस्तक उपलब्ध नगराएकाे भन्दै उनीहरूले कालाेमाेसाे दलेका हुन्।

देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम किर्तिम अभाव गरिएकाे, राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, जनक शिक्षा सामाग्री केन्द्रमा लामो समयदेखि चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेकाले प्रमुख झालालाई कालाेमाेसाे दलिएकाे अखिल (क्रान्तिकारी)ले बतायाे।

प्रकाशित मिति: : 2022-07-01 14:57:00

प्रतिकृया दिनुहोस्