फुटपाथ व्यापारीहरूकाे बानेश्वर किल्ला, हटाउन खाेज्दा मेयरकै बिल्ला !

कमल प्रभात

काठमाडौं

र्‍यापर बालेन्द्र साह (बालेन) काठमाडाैँ महानगरपालिकाकाे मेयर बनेकाे केही दिनपछि अर्थात् असार तेस्राे हप्ता नगरप्रहरीले फुटपाथमा मकै बेचिरहेकाे दम्पतीकाे ठेला उठाइदिएपछि गरीबलाई गरेर खान नदिएकाे भन्दै धेरैले विराेध जनाए।

नगरप्रहरीले उक्त दम्पतीकाे ठेला उठाइदिएकाे फाेटाे र भिडियाे सामाजिक सञ्जालभरि छरपस्ट भए। त्यही भिडियाे कमेन्ट बक्समा नवनिर्वाचित मेयर साहविरूद्ध गरेका गालीगलाैजका टिप्पणीहरू हेरिनसक्नु थिए। केही सञ्चार माध्यमले समेत फुटपाथ व्यापरीमाथि मेयरले ज्यादती गरेकाे भन्दै समाचारहरू पनि लेखे, मेयरकाे विराेध गरे।

त्यसपछि फाेहाेर व्यवस्थापनकाे कामले ह्याङओभर भएका मेयर बालेनकाे ध्यान यतातिर पनि गयाे। महानगरले फुटपाथमा मैके बेच्ने त्याे दम्पतीलाई कारबाही समेत गर्‍याे। त्यसपछि मेयर बालेनले फुटपाट हटाउनकाे लागि निरन्तर काम गर्दै आएका छन्। उनी केही दिनअघि नयाँ बानेश्वरकाे फुटपाथ क्षेत्रमा पुगेर व्यापारीसँग हात जाेडेर फुटपाथमा व्यापार नगर्न अनुराेध गरे।

त्यसाे त फुटपाथ भनेकाे मानिस हिँड्नकाे लागि बनाइन्छ, व्यापार गर्नकाे लागि हाेइन्। तर, अन्य देशमाजस्ताे नेपालमा सडक व्यापारकाे लागि निश्चित स्थान र व्यवस्थापन छैन। त्यसैले महानगरले जति ज्यादती गरे पनि फुटपाथ व्यापारीहरू कहीँ जान सक्दैनन्। पुन: नगरप्रहरी अनुगमनबाट फर्किन साथ व्यापार सुरू गर्छन्।

त्यसरी मेयर बालेनले हात जाेडेर गरेकाे अनुराेध बिर्सिएर बानेश्वरका फुटपाथ व्यापारीहरूले व्यापार गरिरहेका थिए। तर, बुधबार साँझ पुन: नगर प्रहरी टुप्लुक्क आइपुगे। उनीहरूले झ्यापझुप सामान उठाउन खाेज्दा फुटपाट व्यापारीहरूले मेयर बालेन साहविरूद्ध छकुबकुअगाडि नाराबाजी सुरू गरे। सुरू भयाे, फुटपाट व्यापारीहरूकाे ‘विद्राेह’। ‘जाे चाेर, उसकै ठूलाे स्वार ?’

तर, उनीहरूले गल्ती नै गरे पनि त्यहाँ नाराबाजी गर्नु जायज थियाे। उनीहरू अन्य स्थानमा व्यवस्थापन नगरी हटाउन खाेजेकाे भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। हुन्, पनि हाे मानिस हिँड्ने फुटपाटमा व्यापार गर्ने मिल्दैन तर सामान्य मानिसले अन्त कहाँ व्यापार गर्ने ? याे प्रश्नले मेयर बालेनलाई माध्यम बनाएर राज्यलाई गिज्जाएकाे छ।

मेयर बालेनले चुनाव जितेर सभा गृहबाट बाहिँदै गर्दा काठमाडाैँलाई विश्वकै सफा सहर बनाउँछु भनेर गरेकाे वाचा पूरा गर्न फुटपाट हटाउन खाेजिएकाे हाे तर त्यसकाे लागि अर्काे छुट्टै व्यवस्थापन गर्न जरूरी छ। विश्वका सुन्दर सहरमा पनि सडकमा व्यापार गरिन्छ तर त्यसकाे निश्चित व्यवस्थापन र स्थान हुन्छ। तर, नेपालमा भने त्यस्ताे छैन् नेतृत्वकर्ता पनि उल्टाे बाटाेमा, व्यापारी पनि उल्टै बाटाेमा हिँडिरहेका छन्। यसले दुबै पक्षलाई लज्जीत बनाएकाे छ। ‘नखाउँ भने दिनभरिकाे सिकार, खाउँ भने कान्छा बा'काे अनुहार।’

गल्ती गर्नेहरू नै संगठीत भएर विराेधमा उत्रिनु नकारात्मक अवस्था हाे, ठिठलाग्दाे परिस्थित हाे। त्यसैले नगर प्रहरी र व्यापारीले बङ्गारा किट्दै बाेरा तानातान गर्नुभन्दा सरकारले नै सही व्यवस्थापन गर्न जरूरी छ, अन्यथा ‘गल्ती गर्नेहरूकै किल्लामा नेताहरूकाे बिल्ला’ भइरहन्छ।

प्रकाशित मिति: : 2022-07-27 21:20:00

प्रतिकृया दिनुहोस्