छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

File photo
File photo

दार्चुला र सुनसरीमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार से.१ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङ कफलसेरी गाउँपालिका–६ बस्ने ५५ वर्षीया चन्का देवी बोहरा सहित छन् । मृत्यु हुनेहरूमा ४ जना पुरुष र एक जना महिला रहेका छन्।

दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन्। उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

सुनसरीको धरान उपमहानगरपालिका–८ कोशीस्थित सडकमा को.२ च १६६७ नम्बरको पिकअप र प्रदेश–१–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बुधबार साँझ भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सुरज दाहाल छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सुनसरी, दुहबी नगरपालिका–२ स्थित सडकमा स.४ प ११८९ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालकको हाल पहिचान खुल्न सकेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी जिवन ज्योती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: : 2022-08-18 13:48:00

प्रतिकृया दिनुहोस्