मानवअधिकार एलाइन्स रोल्पाकाे अध्यक्षमा टीका घर्तीमगर चयन

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) रोल्पाकाे अध्यक्षमा टीका घर्तीमगर चयन भएका छन्।

एलाइन्सकाे बिहिबार लिबाङमा सम्पन्न प्रथम अधिवेशनबाट टीका घर्ती मगरकाे अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको हाे।

अधिवेशनबाट सुधा न्याैपाने उपाध्यक्ष, मदन घर्तीमगर सचिव, तेजमाया घर्तीमगर काेषाध्यक्ष तथा कमानसिंङ बाँठामगर, खकेन्द्र वली, जयन्द्र केसी, निरास पुन, मनिषा घर्तीमगर, फर्किमाया राेका, ईक बहादुर घर्तीमगर र धनिषा बुढामगरलाई कार्यसमितिमा चयन गरेकाे छ। 

टिका घर्तीमगरकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला ईन्चार्ज नवीन राेकामगरकाे प्रमुख आतिथ्यता, मानवअधिकार एलाइन्सका केन्द्रीय सचिव शाेभाराम डाँगीकाे विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्यद्वय ईश्वरी जीएम, यमुना राेका, एमाले राेल्पाका अध्यक्ष बालाराम बुढा, एमाले केन्द्रीय सल्लाहकार रिमा नेपाली, एमाले प्रदेश कमिटी सदस्यहरू घनश्याम आचार्य, साबित्रा बुढा, मिना बुढालगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे।

अधिवेशनले राेल्पामा बिद्यार्थीहरूले शैक्षिक सत्र सञ्चालनकाे लामाे समय बित्दा पनि पाठ्यपुस्तक नपाएको, गाउँघरमा म्याद नाघेका खाद्यान्न सामग्रीहरूकाे प्रभावकारी बजार अनुगमन, किसानहरूले समयमै मल नपाउदा झेल्नुपरेकाे सास्ती, जिल्लामा पछिल्लो समय घटिरहेका मानवअधिकार उल्लघंनका घटनाहरू लगायतका विषयमा चाडैं जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण गराउने समेत निर्णय गरेकाे नवनिर्वाचित अध्यक्ष टीका घर्तीमगरले बताएका छन्।

अधिवेशन उद्घाटन समारोहकाे सञ्चालन कृष्णीकुमारी गाैतमले गरेकी थिइन्। नवगठित कमिटीलाई मानवअधिकार एलाइन्सका केन्द्रीय सचिव शाेभाराम डाँगीले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएका छन्।

प्रकाशित मिति: : 2022-08-18 14:04:00

प्रतिकृया दिनुहोस्