मोरङमा सर्पदंशका कारण एक जनाको मृत्यु

File photo
File photo

मोरङको सुनवर्षीमा सर्पदंशका कारण एक जनाको मृत्यु भएको छ।  

सर्पदंशका कारण सुनवर्षी नगरपालिका -९ डाइनियामा बुधबार राति २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो।

बाहिरबाट घर फर्कने क्रममा राति १२ बजेतिर उनको खुट्टामा सर्पले टोकेको खुलेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनले घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर परिवारमा जानकारी गराएका थिए। 

परिवारले जानकारी पाएलगत्तै उपचारका लागि रङ्गेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-18 15:56:00

प्रतिकृया दिनुहोस्