देशभर थपिए ५४२ जना संक्रमित

file photo
file photo

नेपालमा पछिल्लो २४ घन्टामा ५४२ कोरोना संक्रमण थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ९३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ८२ जनाको पिसिआर र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थपिएकासँगै देशभर ५२६५ जना सक्रिय संक्रमित रहेका छन्।

सोही अवधिाम ४२१ जना संक्रमित निको भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रकाशित मिति: : 2022-08-18 18:38:00

प्रतिकृया दिनुहोस्