कार्यदलको प्रतिवेदन तयार, भोलि शीर्ष नेतालाई बुझाउने

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो।

प्रतिवेदनलाई भोलि कार्यदलले अन्तिम रूप दिएर भोलि नै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

आज कार्यदलको बैठकपछि पत्रकारसँग बोल्दै उनले सिट बाँडफाँड करिब–करिब टुंगिएको जानकारी दिए।

कार्कीका अनुसार भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने छ। त्यसपछि शीर्ष नेतालाई बुझाउने तयारी छ।

गठबन्धनका एक नेताले भने अझै पनि सिट बाँडफाँड टुंगिनसकेको बताए।

सबै दलहरूले सिटसंख्या भने घटाउँदै लगेको र सहमति उन्मुख बनेको उनको भनाइ छ।
 

प्रकाशित मिति: : 2022-09-07 20:35:00

प्रतिकृया दिनुहोस्