आफैँ कर्मचारी आफैँ नेता, कसले बुझ्ने जनताको व्यथा ?

BreaknLinks
BreaknLinks

केही दिनअघि मात्र रोल्पाको रुन्टिगढी गाउँपालिकाले रोजगार सहायक पदमा निवर्तमान वडाध्यक्ष पारसमणी गिरीलाई नियुक्त गर्यो। उनी रुन्टिगढी गाउँपालिकाको निवर्तमान वडाध्यक्ष मात्र हैनन्, नेपाली काँग्रेसको बहालवाला क्षेत्रीय सचिव पनि हुन्। जिल्लाको लागि यो नौलो विषय भने होइन।

नेपाली काँग्रेसले जितेको रुन्टिगढी गाउँपालिकालाई उछिन्दै काँग्रेससँगको गठबन्धनमा नेकपा एमालेले जितेको एक मात्र गाउँपालिका त्रिवेणीले यसअघि नै सोही पदमा आफ्ना नेतालाई नियुक्त गरिसकेको छ।

त्रिवेणी गाउँपालिकाले रोजगार सहायकमा निवर्तमान वडा सदस्य तथा नेकपा एमाले रोल्पाका बहालवाला जिल्ला सदस्य धनबहादुर बस्नेतलाई नियुक्त गरेको हो। उसो त त्रिवेणी गाउँपालिकाकै सिको गरेर रुन्टिगढी गाउँपालिकाले पनि नेता नियुक्त गर्न तछाडमछाड गर्दै दोस्रो हुन सफल भएको हो।

यी गाउँपालिकाभित्र रोजगार सहायकमा जागिर खान कोही नभएका भने होइनन्। थुप्रै योग्य तथा अति बेरोजगार सर्वसाधारण नागरिकहरु थिए। तर उनीहरु कति छोटो सूचीमै अटाएनन् भने कति लिखित र प्रयोगात्मको परीक्षाको नाममा फालिए। किनकि उनीहरु न नेता थिए, न पहुँचवाला। थिए त केवल सर्वसाधारण। कतिले त समाजिक सञ्जालमार्फत आफ्ना केही गुनासोहरु पोख्न भ्याए। यद्यपि त्यसको कुनै सुनुवाइ र गणना भएन। कतिपयले त फेरि कतै अवसर पाइएला कि भनेर गुनासो गर्न पनि डराए।

सर्वसाधारण नागरिकलाई पहिलो प्राथमिकता दिने भन्दै चर्काे नारा लगाएर चुनाव जितेको ४ महिना पनि पुगेको छैन। तर उनै स्थानीय सरकारका प्रमुख अहिले ती सर्वसाधारणहरुको कुनै प्रवाह नै नगरी पावर र पहुँचको भरमा कर्मचारी भर्नामा लागेको सर्वत्र गुनासो आउन थालेको छ।

‘रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन यस्ता व्यक्ति हुन्, जसले यसअघिको सरकारले सानो निर्णय गर्दा विज्ञप्ति निकाल्थे’ रुन्टिगढीका एक नागरिकले भने, ‘अहिले उनै स्थानीय सरकार प्रमुख हुँदा पूर्व वडाध्यक्षलाई कर्मचारीको रुपमा भर्ना गरे।’ तर अहिलेका विपक्षीहरुले भने कुनै विज्ञप्ति निकालेका छैनन्।

स्थानीय सरकारको दैनिक जसो आलोचना गरेरै नेता भएका पुनले अहिले आफू सत्तामा पुगेपछि यतिसम्म गर्छन् भन्ने आफूले नसोचेको एक काँग्रेस कार्यकर्ताहरुले बताए। ‘उहाँले अघिल्लो सरकारले केही निर्णय गर्दाबित्तिकै विरोध गर्नुहुन्थ्यो’, ती काँग्रेस कार्यकर्ताले भने ‘अहिले त उहाँ केही आलोचना सहनै सक्नुहुन्न, हामीसँग सल्लाहको त कुरै नगरौं।’

प्रकाशित मिति: : 2022-09-09 13:37:00

प्रतिकृया दिनुहोस्

    याे समाचार अपुराे खास कुरा र पुर्ण कुरा लेख्न किन सकिएन जन्ताका छाेरा छाेरि माथि गरिएकाे सबै भन्दा अन्यायकाे कुरामा अपुरा समाचार लेख्ने याे कुनै पनि न्याय हाेईन लिखित र प्रयाेगत्मकमा धेरै नम्बर लिने मान्छेलाई फालेर तिन जना मान्छेलाई जसरिनि लिनु पर्छ भन्ने आदेश आएपछि प्रमुख प्रसासकिय अधिकृत सहितकाे पदपुर्ति समिति बाट नम्बर थप गरेर जागिर खुवाएकाेरे गरिबकाे छाेराछारिले मेहनत गरेर लिएकाे नम्बर माथि यति धेरै अन्याय निमुखाहरुका लागि हजुरहरुनै बाेल्नु भएन भने अन्याय अझै बढि हुने छ र कुनै दिन सबैलाई पाप लाग्ने छ याद गर्नुस । तीन वटा मुख्य पदमा खुलेकाे बिज्ञापनमा एउटा प्रसासन प्रमुख सानुबाबु खड्का जाे परीक्षा समितिमा बसेका थिए उनलाई उनकाे सकेत दिदी शारदा खड्कालाई पास गराउनु पर्ने जाे भर्खरै काग्रेस निकट बनेर चाकडि गर्दैछन अर्काे पदमा वडा नं छ काअध्यक्ष उठेर हारेका नारायन लामिछानेका श्रिमतिलाई पास गराउनै पर्ने र एउटा पदमा पारसमणि गरिलाई तिनै जनालाई पास गराउन ठुलै खेल खेले सबै नियम कार्यबिधिकाे धज्जि उडाए डाढाटाढा बाट सुचना पाएर फर्म भर्न आएका फर्म सुलक असुल गरे अन्तमा नियम बिपरित नमवर बढाएर हुनेखाने र आफन्तलाई जागिर दिने गरि रिजल्ट निकाले राति 10 बजे सम्म माैखिक अन्तरबार्ताका लागि बसेका ती मेहनति परिक्षार्थिलाई केथाहा भित्र नम्बर घटाउने र बढाउने बैठक बसेर ढिला हुदैछ भन्ने यति सम्मकाे अन्याय मा काेहि बाेलेकाे छैन एउटा कुरा सामाजिक संजालमा आएर 1/2 दिन चल्छ सेलाउछ पत्रकारहरु चुप लागेर बसेका छन तपाईहुरबाट गम्भीर कुरा आएन थाहापाउने हाेलेरिका पत्रकार चुप छन जागिरकाे तथा प्रेस संयाेजक पाईन्छकि भनेर ढुकेका छन लेख्दैनन टाढाकाे पत्रकारले सबैकुरा लेख्दैन पिडित लाई अझैबढि थाहा छ रिपाेर्ट गर्नुस अन्याएका बिराेधमा बाेल्नसहाेस । मैले लेखेकाे कुरालाई अन्यथा नलिनु यसैलाई सार्बजनिक गरेर मलाई जड नबनाई दिनुहाेला म पनिकुनै बेला यस्तै थिचाे मिचाेमा परेर प्रदेशिन बाध्य भए मैले याे कुरा आन्तरिक रुपमा बुझेर भनेकाे हु यसमा प्रमुख प्रसासकिय अधिकृत :आफ्नै दिदी पास गराउन सफल पदपुर्ति समितिका अधिकृत सानुबाबस खड्का यी दुबैले नियम बिपरित कार्य गरेका प्रस्ट राज्यले यहि गर्न खटाएकाे हाे र पत्रार ज्यु ???

    • एक बर्ष अगाडि
    • abiral rolpali kanxa

    आलोचना को लागी धन्यवाद लेखक कमरेड जनप्रतिनिधि छाडेपछी म पनि एउटा नागरिक हु एउटा नागरिक को हैसियतले मैले रोजगार सहायकमा नाम दिएको हु मेरो क्षमताले मैले जागीर खाएको हु कुनै पावर सावर ले होइन हेक्का रहोस् मैले शिक्षक सेवा आयोगले लिने २ वटा परिक्षा प्राबी र निमावि को प्रथम पत्रमा नाम निकालेको हु मेजर अङ्ग्रेजी बाट ब्याचलर पास गरेर डिग्री पढ्दै गरेको मान्छे हु ३ बर्ष बिदेश बसेर नेपाल फर्की कक्षा 11 बाट पढ्न थालेको मान्छे हु के म जनप्रतिनिधि भैसके पछि नेपालमा मेरो क्षमताले केही गर्न नपाउने नै हो र के फेरि म बिदेश नै फर्कनु पर्ने हो र । समाचार लेख्ने नाउँमा कसैले जिन्दगी संग खेलवाड नगर्न आग्रह गरे ।

    • एक बर्ष अगाडि
    • Dhan Basnet