जो सिंहासनको लागि जन्मिएकी थिइनन्, बेलायतमा सबैभन्दा लामो समय शासन गरिन्

BreaknLinks
BreaknLinks

महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष लामो शासनपछि ९६ वर्षको उमेरमा निधन भएको छ। उनको निधन सेप्टेम्बर ८, २०२२ बिहीबार दिउँसो शान्तिपूर्वक मृत्यु भएको बाकिङघम प्यालेसले पुष्टि गरेको थियो। उनले बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी थिईन। रोचक कुरा उनी सिंहासनको उत्तराधिकारीको रूपमा जन्मिएकी थिइनन् र उनको जन्म हुदा कहिल्यै रानी हुनेछिन् भन्ने आशा गरिएको थिएन।

एलिजाबेथको जन्म सन १९२६ मा अल्बर्ट फ्रेडरिक आर्थर जर्ज विन्डसरको जेठी छोरीको रुपमा भएको थियो। त्यसबेला उनको हजुरबुबा जर्ज पाँचौंको शासनकाल थियो। उनी उत्तराधिकारको लाइनमा तेस्रो थिइन् तर उनको स्थान अन्य शाही छोराछोरीहरू जन्मिएपछि चिप्लिने अपेक्षा गरिएको थियो।

उनको बुबा पनि उत्तराधिकारको रुपमा थिएन, कारण उनको ठुलो बुबा एडवर्ड आठौ राजाको उत्तराधिकारीमा थिए। राजा एडवर्ड आठौ अमेरिकी महिला वालिस वारफिल्ड सिम्पसनको प्रेममा चुर्लुम्म डबेका थिए। वालिस एक सम्बन्धविच्छेद गरेको महिला थिइन।
बेलायती सरकार, नागरिक र चर्च अफ इङ्गल्याण्डले अमेरिकी सम्बन्धविच्छेद गरेकी महिला वालिस वारफिल्ड सिम्पसनसँगको विवाह गर्ने निर्णयको निन्दा गरेपछि राजाले राजगद्दि त्याग गर्ने निर्णय गरे।

एक वर्षभन्दा कम (३२६ दिन) शासन गरेपछि राजा एडवर्ड आठौं स्वेच्छाले सिंहासन त्याग गर्ने पहिलो बेलायती राजा बने। यसरी एडवर्ड आठौ पूर्ण शासनको सन्दर्भमा आजसम्म सबैभन्दा छोटो शासन गर्ने ब्रिटिश राजा बने । साथै उनी स्वेच्छाले सिंहासन त्याग गर्ने पहिलो बेलायातको राजा पनि बने।

डिसेम्बर ११, १९३६ मा एडवर्डले औपचारिक रूपमा सिंगासन त्यागे र राजमुकुट आफ्नो कान्छा भाइ जर्ज आठौलाई सत्ता हस्तान्तरण गरे र जर्जलाई राजा घोषणा गरे।

त्यसपछि मात्रै १० वर्ष उमेरको एलिजाबेथको राजगद्दीमा उत्तराधिकारीको बाटो खुलेको थियो। राजा जर्ज आठौले १५ वर्ष र ५७ दिन शासनकालमा दोस्रो विश्वयुद्धको अन्धकारकालमा एक प्रेरणादायी राजाको रूपमा सेवा गरे ती वर्षहरूमा, एलिजाबेथलाई राजसंस्थाको भूमिकाको लागि तयार गरिएको थियो।

रानी एलिजाबेथले २१ बर्षको उमेरमा नोभेम्बर २०, १९४७ मा २६ बर्षका राजकुमार फिलिपसँग विवाह गरेका थिए। 
उनको वुबा राजा जर्ज आठौको स्वास्थ्य स्थिति नाजुक भएपछि एलिजेबाथ २५ वर्षको उमेरमा केन्या भ्रमणबाट फिर्ता बोलाइएको थियो। र, १९५२ मा, जर्ज छैठौंको मृत्यु भएपछि र मुकुट उनको जेठी छोरी राजकुमारीलाई हस्तान्तरण गरिएको थियो।

राजकुमार फिलिपसँग महारानी एलिजाबेथका चार सन्तान भए : राजा चार्ल्स, राजकुमारी एनी, द ड्यूक अफ योर्क, एन्ड्र्यू, र अर्ल अफ वेसेक्स, एडवर्ड, र आठ नातिनातिना र १२ पनातिहरु।
उनी विश्व इतिहासको सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक भइन्। एक रानी जसको शासनकालले सबै बेलायती राजाहरू र अन्य धेरै विश्व नेताहरूलाई पनि पछि पारेको थियो।

तर उनी बेलायति राजतन्त्रको निरन्तरता र परम्पराको पक्षमा उभिए तापनि एलिजाबेथ द्वितीयको शासन अनुमान गर्न सकिने बाहेक केही थिएन।

सन १९५२ सिंहासनमा बसेदेखि २०२२ मा उनको मृत्युसम्म, रानीले राजा हुनुको अर्थ के हो भनेर पुनस् परिभाषित गरिन् , र आफ्नो परिवार, आफ्नो देश र संसारमा ठूलो परिवर्तनको सामना गरिन्।

यसरी महारानी एलिजाबेथको सात दशकको लामो राजपछि बेलायती नागरिकले आफ्नो लोकप्रिय रानीलाई गत विहिबार सदाका लागि बिदा गरे, जुन कहिल्यै महारानी बन्नको लागि जन्मेको थिइनन।

प्रकाशित मिति: : 2022-09-14 07:30:00

प्रतिकृया दिनुहोस्