माओवादी कमजोर भएमा राजनीतिक उपलब्धी गुम्न सक्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा २०६२र०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धी गुम्न सक्ने बताएका छन्।

माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा बिहिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए। 

‘माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव थिएन,’ उनले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो।’ उनले भने। 

यस्तै अध्यक्ष दाहालले देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको भन्दै यसको रक्षाका लागि मिहिनेत गर्न अपिल गरेका छन्।

सबैले इमान्दारीपूर्वक मेहनत गरेमा माओवादी आसन्न निर्वाचनमा कम्युनिस्टहरु मध्ये पहिलो राजनीतिक शक्ति हुने दाबीसमेत उनले गरे। 

यस्तै अध्यक्ष दाहालले देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको भन्दै यसको रक्षाका लागि मिहिनेत गर्न अपिल गरेका छन्।

‘यस स्थितिबाट कहिलेकाहिं म सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्छ।’ तपाईंले हेर्नुभयो भने कांग्रेस पनि त्यहीँ हुन्छ, एमाले पनि त्यहीँ हुन्छ, अरु पार्टी पनि त्यहीँ हुने जो स्थिति बनेको छ। तपाईं हामी सबैले यो ठूलो कुरा छ, यसको रक्षा गर्नुपर्छ भनेर भनिदिनुभयो, बुझिदिनुभयो भने र मैले जत्तिकै सबैले मिहिनेत गरिदिनुभयो भने ठूलो कुरा हुन्छ भन्ने लाग्छ।’ उनले बताए। 

प्रकाशित मिति: : 2022-09-15 10:54:00

प्रतिकृया दिनुहोस्