मेयर बालेनको आँटले 'टुकुचा' खोज्न उत्खनन

टुकुचा खोला खोज्ने क्रममा काठमाडौँ महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्डभित्र उत्खनन गरेको छ।

करिब एक महिनादेखि अवैध संरचना भत्काउन लागेको कामपाको ध्यान आज टुकुचा खोज्नतर्फ गएको हो।

खोलामाथि संरचना निर्माण भएको सूचना प्राप्त भएको आधारमा आज कामपाले उत्खनन कार्य गरेको छ।

कामपाले नक्साअनुसार मार्किङका आधारमा डोजर चलाउँदा खोला भेटिएको कामपा प्रमुख बालेन्द्र साह (बालेन) को सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिएका छन्।

नारायणहिटी दरबार क्षेत्रबाट करिब १२ मिटर चौडाइमा बगेको उक्त खोला सो क्षेत्रमा आइपुग्दा गायब भएको हुनाले उत्खनन गर्नुपरेको सदस्य लम्सालले बताएका छन्।

विगत लामो समयदेखि नै नागरिकले खोला अतिक्रमण गरेर संरचना निर्माण भएको हुनाले जुनसुकै समयमा समस्या आउनसक्ने भन्दै कामपासँग उत्खननको माग गर्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2022-09-16 04:40:00

प्रतिकृया दिनुहोस्