संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा एमालेको पदयात्रा (फोटो फिचर)

 संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौंमा शनिबार पदयात्रा (वाकथन) गरेको छ।

बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो। पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो।

पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए। संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो।

प्रकाशित मिति: : 2022-09-17 10:52:00

प्रतिकृया दिनुहोस्