ओलीलाई देउवाकाे जवाफ- परमादेशले नै हामीलाई संसदमा भेट गरायाे

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशले नै आज संसदमा भेट गराएको जवाफ दिएका छन्।

प्रतिनिधिसभाकाे शनिबारकाे बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे जवाफ दिएका हुन्।

‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ। यो संसद नै परमादेशबाट आएको हो, जसले हामीलाई संसदमा भेट गरायाे, जहाँ हामीसँगै काम गर्न पाइरहेका छौं’, देउवाले भने, ‘परमादेश नभएको भए हामी सँगसँगै काम गर्नै पाउँदैनथ्यौं।’

उनले परमादेशको सरकार भने पनि यसले निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए।

प्रधानमन्त्री देउवाले बैठकमा आगामी निर्वाचनलाई निष्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए।

उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे। यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए।

सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि दिए।

प्रकाशित मिति: : 2022-09-17 14:22:00

प्रतिकृया दिनुहोस्