यो सरकार कसरी बन्यो भनेर त छताछुल्लै भइसकेको छ : केपी ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याए। यो सरकार संविधानविपरीत रहेको र यो प्रतिगमन भएको पनि दावी गरे। यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताए। उनले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै निर्वाचन भइसकेको हुने बताए।

उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लंघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताए।

उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ। जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं। निर्वाचनको मिति तोकिएको छ। यो प्रतिगमन होइन। तर, संविधानविपरीत परमादेशबाट सरकार गठन हुनु चाहिँ प्रतिगमन नै हो।’

बैठकमा उनले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘...भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाए। उनले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताए। उनले भने, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ।’

सम्बोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताए। प्रारम्भामा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताए।

यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटाबाहेक बाँकीको नामाकरणलगायत काम निकै राम्रोसँग गरेको बताए। साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताए। 

प्रकाशित मिति: : 2022-09-17 14:35:00

प्रतिकृया दिनुहोस्