टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश दिएको छ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचनाहरु धमाधम भत्काउन थालेपछि प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले अदालतमा रिट दायर गरेक थिए।

अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रकाशित मिति: : 2022-09-18 17:03:00

प्रतिकृया दिनुहोस्