टुँडिखेलमा मनाइयो संविधान दिवस (फाेटाे फिचर)

Breaknlinks
Breaknlinks

आज असोज ३ अर्थात् संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन। तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए।

आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइएकाे छ।

दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, संवैधानिक निकायका प्रमुखलगायत टुँडिखेलमा देखिएका छन्।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका छन्।दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ। 

संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो। पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ।

प्रकाशित मिति: : 2022-09-19 09:41:00

प्रतिकृया दिनुहोस्