राष्ट्रपतिको कदम असंवैधानिक भएको गठबन्धनको ठहर

File Photo
File Photo

सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको ठहर गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गरेकाे हाे।

संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा गठबन्धनकाे बैठकमा छलफल भएको थियो। छलफलपछि गठबन्धनले यस्ताे निष्कर्ष निकालेकाे हाे।

पुनः गठबन्धनकाे बैठक बसेर संयुक्त विज्ञप्ति जारी तयारी छ। 

प्रकाशित मिति: : 2022-09-21 12:28:00

प्रतिकृया दिनुहोस्