(अपडेट) मकवानपुरको भीमफेदीमा बस दुर्घटना, मृत्यु हुनेकाे संख्या ७ पुग्याे (भिडियाेसहित)

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। 

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो। एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। 

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ। 
 

 

प्रकाशित मिति: : 2022-09-22 16:40:00

प्रतिकृया दिनुहोस्