चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्ः सांसद मोदी

BreaknLinks
BreaknLinks

प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउँने बताएका छन्। विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन्।

नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ गते हुँने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले डा.शर्माको गुन फर्काउँने बताए। नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद मोदीले आसन्न चुनावमा डा.शर्माले जित्ने विश्वाससमेत व्यक्त गरे। ‘

डा.सुनिल शर्माले थारुहरुलाई धेरै गुन लगाउँनु भयो, अब आउँने चुनावमा थारुहरुले तपाईको गुन फर्काउँनेछन्,’ संवोधनका क्रममा डा.शर्मालाई लक्षित गर्दै सांसद मोदीले भने, ‘आउँने चुनावमा तपाईले जित्नुहुन्छ भन्ने मलाई विश्वास छ।’

नोबेल मिस्टर एण्ड मिस थारु आइकन प्रतियोगिता सञ्चालन गर्न नोबेल मेडिकल कलेजमार्फत डा.शर्माले ठूलो सहयोग गरेको उनले बताए। डा.शर्माको सहयोगका कारण सारु समुदायको कला सस्कृति  र प्रतिभा उजागर गर्ने वातावरण मिलेको भन्दै सांसद मोदीले सहयोगका लागि डा.शर्मालाई धन्यवादसमेत व्यक्त गरे।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ। एकल नाम सिफारिसमा परेकाले सो क्षेत्रमा डा.शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ।

थारु समुदायको कला सस्कृति प्रवद्र्धन र युवायुवतीको प्रतिभा उजागर गर्न आयोतिज थारु आइकनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन्। थारु आइकनको यो तेस्रो सिजन हो। प्रतियोगिताको तीन वटै सिजनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन्।

प्रकाशित मिति: : 2022-10-04 20:50:00

प्रतिकृया दिनुहोस्