अर्घाखाँचीमा दसैँ मनाउन मामाघर जाँदै गरेका बालकलाई खोलाले बगायो

अर्घाखाँचीमा दसैँ मनाउन मामाघर जाँदै गरेका बालकलाई खाेलाले बगाएकाे छ।

सन्धिखर्क नगरपालिका– ७ निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई फुदवाङ नजिकैकाे खर्ज्याङ खाेलाले आज दिउँसाे साढे चार बजेकाे समयमा बगाएकाे जिल्ला प्रहरी कार्यालय प्रमुख डिएपी मुकुन्द रिजालले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

रिजालका अनुसार आमा तारा पाैडेल एक छाेरा र एक छाेरी लिएर दसैँ मनाउन मामाघर भूमिकास्थान– ७ जाने क्रममा खाेला तर्न खाेज्दा बालकलाई बगाएकाे हाे।

‘उहाँ (तारा पाैडेल)ले आफ्नाे बच्चा खाेलाले बगाएकाे भनेर खबर गरेपछि प्रहरीकाे टाेली त्यहाँ पुगेकाे छ। बच्चाकाे खाेजी कार्य जारी छ, अहिले रात परिसकेकाेले खाेज्न कठिन भएकाे छ,’ रिजालले भने।

प्रकाशित मिति: : 2022-10-05 18:30:00

प्रतिकृया दिनुहोस्