तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

File Photo
File Photo

 तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको करेन्ट लागेर मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको हो। 

इङनामलाई इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक इङनामको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

 

प्रकाशित मिति: : 2022-10-05 19:40:00

प्रतिकृया दिनुहोस्