शेखर कोइराला समूहको अलग भेला सुरु (तस्बिरहरू)

नेपाली कांग्रेसभित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला सुरु भएको छ। 

बिहिबार काठमाडौँको अनुपम फुडल्यान्डमा शेखर समूहको भेला सुरु भएको हो। 

भेलामा संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले बताए।

आगमी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रिय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-10-06 14:38:00

प्रतिकृया दिनुहोस्