झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल हुने

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। ५ संघीय र १० प्रदेश निर्वाचन क्षेत्र रहेको झापा प्रतिनिधिसभाामा १ र प्रदेशमा २ सिट दिएर सहमति हुन लागेको हो।

संघमा एमालेले राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनको क्षेत्र दिने भएको छ। २०७४ को निर्वाचनमा पनि एमाले र माओवादीको गठबन्धनले लिङ्देनलाई चुनावमा सघाएको थियो। यता प्रदेशमा भने ३, ४ र ५ निर्वाचन क्षेत्र मध्येका दुई निर्वाचन क्षेत्र दिने तयारी भएको छ।

राप्रपा र एमालेबिच देशव्यापी तालमेल हुने छलफल भइरहे पनि राप्रपाको आवश्यकता अनुसार जिल्लास्तरमा सहमति हुन थालेको हो।

नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार तालमेलका विषयमा केन्द्रमा छलफल भइरहेको छ। सिट भागबन्डा गर्नेकारे भोली टुंगो लाग्ने छ।

प्रकाशित मिति: : 2022-10-06 16:33:00

प्रतिकृया दिनुहोस्