यस्ता छन् कब्जियतबाट बच्ने उपायहरु

google
google

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो। मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ।

कब्जियत हुँदा कस्तो खानपानमा ध्यान दिनुपर्छ? यसबाट कसरी बच्न सिकन्छ भन्ने विषयमा आज हामी चर्चा गर्दै छौं।    

कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधिको प्रयोग गर्नुहुँदैन। त्यस्ता औषधिका कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन सक्छ। त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ। जसले कब्जियतको समस्या झन् बढाउने गर्छ।

एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ। एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले पनि कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ।

कब्जियत हटाउन सन्तुलित भोजन गर्न आवश्यक छ। मेवा, केरा, स्याउ, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ। त्यस्तै, किसमिस, बदाम आदिले पनि कब्जियतमा राहत मिल्छ।

अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ। तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो। गाँजर, मुला, गोलभेंडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ।

प्रकाशित मिति: : 2022-11-14 15:37:00

प्रतिकृया दिनुहोस्