अमेरिकी दूतावासले हिउँ चितुवाका नक्कली तस्बिर हटाउने

अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका भाइरल तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ।

ती भाइरल तस्बिरहरु नक्कली भएकाे पुष्टि भएसँगै दूतावसले तस्बिरहरु हटाउने निर्णय गरेकाे हाे।

‘हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौँ,’ दूतावासले सामाजिक सञ्जालमा भनेकाे छ,‘उनले दाबी गरेजस्तो हाम्रो उनीसँग कुनै साझेदारी छैन।’

अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो।

हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक’ गरी ती तस्बिर नक्कली भएकाे दाबी गरेकाे छ। अलपाइनले याे दाबी गरेसँगै कित्तिया सामाजिक सञ्जालबाट गायब भएकी छिन्।

प्रकाशित मिति: : 2022-11-27 14:36:00

प्रतिकृया दिनुहोस्