कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ?

File Photo
File Photo

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ।

आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ। अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका थिए।

पछिल्लो समय डा. राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ। महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन्।

उनले यसअघि कांग्रेस नेता डा.शेखर काेइरालालाई उनकै निवास पुगी सांसद विजयी भएकाेमा बधाई दिएका थिए। महत आफैं भने याे निर्वाचनमा उठेनन्। उनी समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीकाे पहिलाे नम्बरमा छन्।

प्रकाशित मिति: : 2022-12-04 13:45:00

प्रतिकृया दिनुहोस्