माओवादीले भन्याे: एमालेसँग मिलेर सरकारमा जाने कुरा भएकाे छैन

नेकपा (माओवादी केन्द्र)का महासचिव देब गुरुङले एमालेसँग मिलेर सरकारमा जाने विषयमा कुनै छलफल नभएकाे बताएका छन्।

केन्द्रीय पदाधिकारीकाे बैठकपछि सञ्चारकर्मीहरूसँग बाेल्दै गुरुङले एमालेसँग मिलेर जाने विषयकाे छलफलमै प्रवेश नभएकाे उनले बताए।

‘एमालेसँग मिलेर सरकार बनाउने कुरामा कुनै छलफल भएकाे छैन। हिजाे कताबाट त्याे कुरा मिडियामा आयाे थाहा भएन,’ महासचिव गुरुङले भने,‘गठबन्धन कायम रहेकाेले गठबन्धनकै सरकार बनाउने पहिलाे प्रयास गर्छाैँ, बाँकी विकल्पहरु छ रहँदै गर्छन्।’

प्रकाशित मिति: : 2022-12-04 17:36:00

प्रतिकृया दिनुहोस्