प्रभु साह र सिके राउतबीच भेटवार्ता

नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेर विजयी भएकाे प्रभु साह र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत उर्फ सिके राउतबीच भेटवार्ता भएकाे छ। साह र राउतबीच आइतबार भेटवार्ता भएकाे हाे।

‘जनमत पार्टीका अध्यक्ष तथा सप्तरी- २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.सिके राउतसँग समसमायिक राजनीतिक विषयवस्तुप्रति केन्द्रित रही आज सौहार्दपूर्ण भेटघाट एवं छलफल गरियो,’ साहले सामाजिक सञ्जालमा लेखेका छन्।

साह राैतहट– ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

प्रकाशित मिति: : 2022-12-04 17:55:00

प्रतिकृया दिनुहोस्