नवजात शिशु फाल्ने अभियुक्त सात वर्षपछि पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

कर्तव्य ज्यान मुद्दामा सात वर्षअघि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने रहेकी छन्।

लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनमा साविकको पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो। 

प्रकाशित मिति: : 2023-01-25 19:49:00

प्रतिकृया दिनुहोस्