दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

लमजुङमा दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण कार्य सुरु भएको छ।

पहिलो चरणमा दोर्दी गाउँपालिकाको ९ वटै वडाबाट विवरण संकलन कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यलय लमजुङले जनाएको छ। आइतबार देखि दोर्दीका सवै वडाबाट एकैसाथ विवरण संकलन सुरु गरिएको छ।

विवरण संकलनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरु वडा वडामा पुगेर विवरण संकलन गरिरहेका छन्। एउटा वडामा २ जना विवरण अपरेटर, रुजु अधिकारीे रुपमा वडा सचिव र एक जना स्वयमसेवक खटाइएकोे छ।

आइतबार पहिलो दिन सिस्टम अपडेट गर्ने लगायतका काम गरिएकाले द्रुत गतिमा संकलन हुन नसकेको विभागका इन्जिनियर अबोध अलिले बताए। पहिलो दिन गाउँपालिकाका सवैवडाबाट करिव दुईसय जनाको विवरण संकलन गरिएको छ।

दोर्दी गाउँपालिकामा करिव १० दिनमा विवरण संकलन गरिसक्ने योजना रहेको उनले बताए। दोर्दी गाउँपालिका पछि मध्यनेपाल नगरपालिकाबाट विवरण संकलन गरिने छ। आवश्यक अपरेटरहरु थप गरेर सवै पालिका र वडा मा छिटै पुगेर विवरण संकलन गरिने अलिले बताए। 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरु दोर्दीको सवै वडामा पुगेर विवरण संकलन गरिहेका छन्।

नागरिकता भएका हरेक नागरिकको वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएको छ।

जिल्लाकै ८ वटा स्थानीय तहबाट विवरण संकलन गरिने यो कार्य ३ महिनाभित्र सक्ने लक्ष्य लिइएको छ।

प्रशासन कार्यालयका अनुसार लमजुङमा हालसम्म करिव ३५ हजार नगारिकले राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेर राष्ट्रिय परिचयपत्रको नम्बर लिइसकेका छन्। 
 

प्रकाशित मिति: : 2023-01-25 20:44:00

प्रतिकृया दिनुहोस्