जोगबनी नाकामा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने

फाइल तस्बिर
फाइल तस्बिर

पछिल्लो समय नेपाल–भारत सीमानाका जोगबनीबाट अत्याधिक भन्सार चुहावट हुन थालेपछि कडाइ गर्न सुरु गरिएको छ। भन्सार नतिरी जोगबनीबाट सामाग्रीहरु ल्याउनेको मात्रा बढेपछि भन्सार कार्यालयले कडाइ गर्न थालेको हो।

भारतीय बजारबाट रिक्सा, मोटरसाइकल तथा साइकलमा भन्सार छलेर सामाग्रीहरु ल्याउने क्रम बढीरहेको र त्यसलाई रोक्न भन्सार कार्यालयले काम थालेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले जानकारी दिए। उनका अनुसार एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा १३ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ।

कार्यालयले एक सयभन्दा कमको सामान ल्याउन भने छुट दिएको छ। नेपाली बजार छाडेर दैनिक हजारौँ संख्यामा जोगबनी जाँदा नेपाली बजार प्रभावित हुने गरेको र त्यसलाई न्यूनिकरण गर्न अनिवार्य भन्सार लगाइएको उनले बताए। 

चोरी, तस्करी र भन्सार चुहावट हुने क्षेत्रमा सुधार गरि राजश्व वृद्धि गर्ने द्देश्यले औपचारिक तथा अनौपचारिक दुवै तर्फबाट हुने चुहावट नियन्त्रण गर्ने तर्फ भन्सार कायर्मलयले अग्रसर रहेको ढुंगानाले बताए। 

भन्सार नियमावली अनुसार एक सय रुपैयाँभन्दा बढी सामानको अनिवार्य राजस्व तिर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2023-01-26 10:12:00

प्रतिकृया दिनुहोस्