अभिषेक गिरीलाई भीमफेदी कारागार सरुवा गर्ने निर्णय कार्यान्वयन गराउन उच्च अदालतको आदेश

File Photo
File Photo

उच्च अदालत विराटनगरले मोरङ कारागारका चौकीदार अभिषेक गिरीको कारागार व्यवस्थापन विभागले गरेको सरुवा कार्यान्वयन गराउन आदेश दिएको छ।

बिहीबार अदालतका न्यायाधीशद्धोय राम बहादुर थापा र मिलन कुमार राईको संयुक्त इजालशले गिरीले दिए अनुसारको रिटको कार्यान्वयन नर्गन आदेश गरेको हो।

कारागार व्यवस्थापन विभागले गैरकानुनी रुपमा सरुवा गरेको भन्दै गिरीले गत माघ ३ गते रिट दायर गरेका थिए। गृह मन्त्रालयले गिरीलाई विराटनगरबाट मकवानपुरको भीमफेदी कारागारमा स्तानान्तरण गर्न निर्देशन दिएपछि उनले सरुवा रोक्न माग गर्दै कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका थिए।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीले भीमफेदी लैजाँदा आफू असुरक्षित हुने भन्दै उच्च अदालतमा सरुवा बदरको माग राख्दै ‘उत्प्रेषण परमादेश’ को माग गरेका थिए।

उक्त रिट निवेदनको सुनवाइ गर्दै उच्च अदालत विराटनगरले कारागार व्यवस्थापन विभागले गरेको स्थानान्तरण कानुनी रूपमा त्रुटि नदेखिएकोले नियमानुसार पेस गर्न अदालतले आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।

गिरीलाई २०७० सालमा युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर फिरौती रकम मागेको घटनामा अदालतले दोषी ठहर गरेको थियो।

कारागारभीत्रै आपराधिक गतिविधि सञ्चालन गरेर आतंक खडा गरेकै कारण गिरीलाई २०७४ साल चैत २३ गते मोरङबाट सरुवा गरेर काठमाडौंको डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो। तर, तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा २०७८ साल मंसिर ९ गते मोरङ कारागार ल्याइयो। उनलाई मोरङ ल्याउने भएपछि आफूहरू असुरक्षित हुने भन्दै कैदीबन्दी र आफन्तले उनीविरुद्ध आन्दोलन गरे पनि त्यसको सुनुवाइ भएन।

प्रकाशित मिति: : 2023-01-26 18:28:00

प्रतिकृया दिनुहोस्