माओवादी स्थायी समिति बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ।

हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज बिहान ११ बजेबाट बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बिहीबारकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्। प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए।

आजकाे बैठकमा अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन्। र, बैठक आज नै सम्पन्न हुनेछ।

प्रकाशित मिति: : 2023-01-27 08:07:00

प्रतिकृया दिनुहोस्