रविको नागरिकता मुद्दामा आज अन्तिम सुनुवाई : सबैको ध्यान सर्वोच्चतिर

नेपालको गृहमन्त्रालयको वागडोर सम्हालिरहेका उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता पुनर्प्राप्तिसम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनवाइ हुँदैछ। 

बुधबार बहस नसकिएर हेर्दाहेर्दैमा 'पज' गरिएको मुद्दाको आज खाजासमयअघि संक्षिप्त सुनुवाई हुनेछ । सुनुवाईको सुरूवात रवि पक्षका वकिलहरूले गर्नेछन् भने अन्तमा रिट निवेदक पक्षका वकिलहरूले आफ्नो भनाइ राख्नेछन् । यसरी सुनुवाई सकिएपछि सम्भवत: आजै फैसला आउने छ वा इजलाशले फैसलाको अर्को मिति तोक्नेछन् ।

रवि लामिछानेको बहुचर्चित नागरिकता पुनर्प्राप्तीसम्बन्धी  मुद्दाका केही चर्चित प्रश्नहरू 

- आफूखुसी विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता स्वतः ‘कायम नरहने हुन्छ कि राज्यका निकायलाई जानकारी हुनुपर्छ ?
- नागरिकता ऐनको दफा (१०) मा रहेको नेपाली नागरिकता ‘कायम नरहने’ र ‘त्याग्ने’ अवस्था उस्तैउस्तै हो कि फरक छ ?
- विदेशको नागरिकता त्यागेको जानकारी सम्बन्धित अधिकारीलाई गराउनुपर्ने हो कि अरु निकायमा पठाए पनि हुन्छ ?
- ‘कायम नभएको’ नागरिकताले वैधता पाउछ कि पाउँदैन ?
- विदेशको नागरिकता त्याग्नासाथ नेपालीहरुको पुरानो नागरिकता स्वतः जाग्छ कि राज्यका निकायको कुनै भूमिका रहन्छ ?

तर, यो मुद्दा अनेक कोणबाट अत्यन्तै पेचिलो भएकाले आजै यसको निर्णय आउने सम्भावना बढेको छ । 

मुद्दाको फैसला भनेकै लामिछानेको पुरानो नागरिकता मान्य हुने कि मन्त्री पद जाने? भन्ने हो। 

इलजाशले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको भए पनि नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया पूरा नगरेको देख्यो भने उनको पुरानो नागरिकताले मान्यता पाउँदैन र सांसद पद खारेज हुन्छ । तर, लामिछानेको पुरानै नागरिकताको प्रमाणपत्रलाई कानूनसम्मत ठहर्‍याइयो भने उनको सांसद र मन्त्री पद यथावत रहन्छ ।

प्रकाशित मिति: : 2023-01-27 08:59:00

प्रतिकृया दिनुहोस्