लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ।

स्याङजा खुदी घर भएका पौडेलको गएराति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन्।

उनी केही समयदेखि बिरामी थिए।

पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी दाेहाेरी तथा लाइभ दाेहाेरी क्षेत्रमा चर्चित छन्।

प्रकाशित मिति: : 2023-01-27 09:21:00

प्रतिकृया दिनुहोस्