प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार भएको भेटमा उनहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ।

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन्। भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरे। सो अवसरमा उपविदेश मन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिएकी थिइन्।

उपविदेश मन्त्री नुल्यान्डले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूताबासले जनाएको छ। साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सगाल्नेछिन्।

प्रकाशित मिति: : 2023-01-30 12:21:00

प्रतिकृया दिनुहोस्