शहीदका सपना साकार पार्न  प्रतिवद्धता जनाउनुपर्ने: मुख्यमन्त्री शर्मा

File photo
File photo

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी  आफूहरुले  नीति र कार्यशैली अघि बढाइरहेको बताएका छन्। 

शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४ को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उनले हाम्रा कार्यशैली र गतिविधिलाई शहीदका सपना पूरा गर्ने गरी अघि बढाउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिए। 

मुख्यमन्त्री शाहीले शहीदका सपना पूरा गर्न, सबै प्रकारका भेद्भाव अन्त्य गर्न र सुखी तथा खुशी समाज निर्माण गर्न सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याए।  
 

प्रकाशित मिति: : 2023-01-30 15:00:00

प्रतिकृया दिनुहोस्